दफा ५७
धर्मलोप गर्नेलाई सजाय
गुठीको लिखत, शिलापत्र, दानपत्र आदि बमोजिम गर्नु पर्ने काम नगरी धर्मलोप गरेमा त्यस्तो व्यक्तिलाई पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ र त्यस्तो व्यक्तिलाई गुठीको लिखत, शिला–पत्र, दानपत्र, आदि बमोजिम काम गर्ने गराउन सकिनेछ । सो बमोजिम नगर्ने महन्त, पूजारी, गुठियार र अन्य रकमीहरूलाई खारेज गरी अर्को व्यक्ति नियुक्ति गर्ने सकिनेछ ।